टोपबहादुर रायमाझीको थुनामुक्ति निवेदनमा सुनुवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले थुनामुक्त हुनुपर्ने माग गर्दै दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत पाटनमा दर्ता भएको उक्त निवेदन आइतबार न्यायाधीशद्वय केशवप्रसाद बास्तोला र दीपककुमार खरेल को इजलासमा पेसी तोकिएको थियो । तर रायमाझीको पक्षबाट कानुन व्यवसायी नियुक्त गर्न समय माग गर्दै निवेदन परेपछि सुनुवाइ स्थगित गरिएको उच्च अदालत पाटनले जनाएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले रायमाझीलाई थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए । तर तीनै तहका अदालतले उनलाई थुनामै राख्ने निर्णय सदर गरेका थिए । जिल्ला अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी पुनः उच्च अदालत पाटन पुगेका हुन् ।
आसन्न २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले रायमाझीलाई अर्घाखाँचीबाट सिफारिस गरेपछि उनले पुनः थुनामुक्तिका लागि निवेदन दिएका थिए ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=32' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357








