धरानमा बस दुर्घटना हुँदा चारको मृत्यु, १३ जना घाइते
२०८२ माघ ४ गते

सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।
आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको र मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।
२०८२ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









