काँग्रेसको सबै पक्ष एकतावद्ध भएर अघि बढ्छः धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नेपाली काँग्रेसका सबै पक्ष एकतावद्ध भएर अघि बढने बताएका छन् ।

आईतवार वरिष्ठ नेता डा. शेखर कोईराला पक्षले आयोजना गरेको भेला पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन् ।

नेता गुरुङले भेलामा सहभागी भएका सबै नेता, कार्यकर्ताहरुले पनि काँग्रेसका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखेको समेत बताए ।

उनले काँग्रेस एउटा घर भएको उल्लेख गर्दै परिवारका सदस्यहरुबीच झगडा हुने कुरालाई आफूले सामान्य रुपमा लिनुपर्ने बताए । नेता गुरुङले शेखर कोईराला पनि पार्टी एकताको पक्षमा रहेको बताए ।

नेता गुरुङले काँग्रेस भित्रको विषयमा तीललाई पहाड बनाएजस्तो नगर्न पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =