बालेनले दिए काठमाडौंको मेयरबाट राजीनामा
२०८२ माघ ४ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । उपप्रमुख सुनिता डंगोलसमक्ष उनले माघ ४ गतेबाट लागू हुने गरी राजीनामा पेश गरेका हुन् ।
स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरबासीको हितमा इमान्दारपूर्वक काम गर्न प्रयास गरेको उल्लेख गर्दै अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी, र परिणाममुखी बन्ने कामना गर्दै कार्यपालिकालाई शुभकामना प्रदान गरेका छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

२०८२ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=32' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









