सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा । प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ ।

आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो ।

मेलम्चीले उपाधिसँगै नगद एक लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल गाउँपालिकाले नगद ७५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा हेलम्बु गाउँपालिकालाई हराउँदै बलेफी गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको छ । उसले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

चौथो स्थानमा सीमित भएको हेलम्बुले नगद पुरस्कार २५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा ११ समूहबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =