खोला तथा सडक मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाका खोला तथा सडक किनारका बासिन्दाहरूले नदी–खोलाको मापदण्ड खारेज गर्न माग गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, भूमि अधिकार संरक्षण संघर्ष समिति, विष्णुमति करिडोर तदर्थ समिति लगायतका संगठनहरूको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले जोडदार नाराबाजी गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘फैसला होइन न्याय दे’, ‘गैरन्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’ जस्ता प्लेकार्ड बोकेका थिए ।
उनीहरूले सर्वोच्च अदालतको खोला किनारमा थप २० मिटर मापदण्ड तोक्ने निर्णयलाई गैरन्यायिक भन्दै यसको खारेजी माग गरेका छन् ।
सर्वोच्च अदालतले यसअघि वागमती, विष्णुमती, मनोहरा जस्ता मुख्य नदीहरूको दायाँबायाँ थप २० मिटर क्षेत्रमा संरचना निर्माण नगर्न आदेश दिएको थियो ।
यो निर्णय कार्यान्वयन हुँदा उपत्यकाका १९ वटा खोलामा करिव ८४ हजार घरधुरी प्रभावित हुने अनुमान छ । पीडितहरूका अनुसार यो मापदण्डले जग्गाको मूल्य शुन्य हुने र हजारौं परिवार विस्थापित हुने खतरा बढाएको छ ।

Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









