एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
२०८२ माघ ४ गते

मङ्गलबारे । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।
निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।
नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुन् भने कागते पूर्व प्रदेशसभा सदस्य हुन् । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए । उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्व सदस्य हुन् ।
निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ ।
२०८२ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित









