पाँच मिनेटमै सकियो राष्ट्रियसभाको बैठक (तस्बिरहरु)
२०८२ माघ ४ गते

काठमाडौं । राष्ट्रियसभाको नयाँ अधिवेशनको पहिलो बैठक आज औपचारिकतामा मात्र सीमित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको उक्त बैठक केवल पाँच मिनेट बसेर स्थगित भएको हो ।
बैठकमा कुनै पनि महत्त्वपूर्ण राजनीतिक एजेन्डा वा संसदीय विषयमाथि छलफल भएन । बैठकमा शून्य समय र विशेष समयको कार्यसूची समेत राखिएको थिएन । बैठकको प्रारम्भमै अध्यक्ष नारायणप्रसाद दाहालले दुईवटा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त शोक प्रस्तावहरू सर्वसम्मतिले पारित गरेसँगै बैठक अन्य कार्यसूचीमा प्रवेश नगरी अन्त्य भएको थियो ।
दिवंगत पूर्व सांसदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरेपछि अध्यक्ष दाहालले बैठक स्थगित भएको घोषणा गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक आगामी माघ ९ गतेका लागि तय गरिएको संसद् सचिवालयले जनाएको छ ।
तस्बिरहरु :-

२०८२ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=51' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









