उम्मेदवार टुंग्याउन आज रास्वपाको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंग्याउन आज केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकका मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन र विविध विषय रहेका छन् ।

रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवार सिफारिसका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति गठन गरिएको थियो । पार्टीका एक नेताका अनुसार यसअघि निर्वाचन जितेका नेताहरू सोही क्षेत्रबाट पुन: उम्मेदवार बन्ने तयारीमा छन् । सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचन लड्दै छन् ।

पार्टीले भावी सभापतिका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उपसभापति डिपी आर्याल काठमाडौं ९, स्वर्णिम वाग्ले तनहुँ १, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा २ र प्रवक्ता मनीष झा सिराहा ३ बाट निर्वाचन लड्ने तयारीमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 19 =