नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

निर्वाचन आयोगले शुक्रवार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शनिवार नयाँ बानेश्वरमा बैठक बसिरहेको हो । यो बैठक विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आधिकारिक मान्यतापछिको पहिलो बैठक हो ।

बैठकमा पार्टीको सङ्गठनात्मक सुधार, आगामी निर्वाचन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा निर्वाचित गर्दै नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।

यसअघि शेरबहादुर देउवा पक्षले पनि छुट्टै बैठकहरू आयोजना गरेको थियो । तर निर्वाचन आयोगको निर्णयसँगै थापा पक्ष नै आधिकारिक नेपाली काँग्रेस बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =