भक्तपुरमा मानसिक सन्तुलन गुमाएका छोरोले गरे आमाको हत्या
२०८२ माघ ३ गते

प्रतिकात्मक तस्बिर
काठमाडौँ । मानसिक सन्तुलन गुमाएका भक्तपुर, मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण भण्डारीले गएराति आफ्नी आमाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादर खड्काका अनुसार धारिलो हतियार प्रयोग गरी निजले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् ।
आमाको हत्यापछि उनले आत्महत्याको प्रयास गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका निजको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।
धनुषाको मिथिला नगरपालिका–११ का स्थायी बासिन्दा भण्डारी र निजका मातापिता तेर्चाटारमा डेरा गरी बस्दै आएका थिए । घटनाका बारेमा बाबुले राति १० बजे जानकारी दिएका हुन् ।
२०८२ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









