इरानको अस्थिरताका विषयमा ट्रम्पद्वारा सबै विकल्प खुला रहेको घोषणा

काठमाडौं । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएअनुसार , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अस्थिरतालाई जवाफ दिनका लागि सबै विकल्पहरू खुला राखेका छन् । द न्युयोर्क टाइम्सले एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार ट्रम्पसँग कुराकानी गर्दै अमेरिकालाई इरानमाथि तत्काल कुनै पनि सैन्य आक्रमण नगर्न आग्रह गरेका थिए ।
यद्यपि ट्रम्पले केही दिनदेखि यस्तो आक्रमणको सम्भावनाबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ । अर्कोतर्फ , अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकी सेनाले मध्यपूर्वका केही आधार शिविरहरूबाट सेना फिर्ता गर्दै छ भने सोही क्षेत्रमा थप सैन्य सुदृढीकरण (रिइन्फोर्समेन्ट) पनि पठाइरहेको छ । अमेरिकी वित्त मन्त्रालय (डिपार्टमेन्ट अफ ट्रेजरी) ले इरानसँग कथित रूपमा सम्बन्धित २० भन्दा बढी व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
इरानका विभिन्न सहरहरूमा डिसेम्बरको अन्त्यदेखि प्रदर्शनहरू भइरहेका छन् । इरानी अधिकारीहरूले आर्थिक गुनासाहरू सम्बोधन गर्न तयार रहेको बताए पनि हिंसा, तोडफोड र अस्थिरताविरुद्ध चेतावनी दिएका छन् । सुरुमा शान्तिपूर्ण रहेका यी प्रदर्शनहरू क्रमशः हिंसात्मक बन्दै गएका छन् , जसका कारण जनधनको क्षति हुनुका साथै मस्जिद, सरकारी भवन र बैंकहरूमा नोक्सानी पुगेको छ । इरानी अधिकारीहरूले यस अस्थिरताका पछाडि अमेरिका र इजरायलको हस्तक्षेप रहेको आरोप लगाएका छन् ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=101' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









