निर्वाचनको मिति तलमाथि हुँदैनः सरकार

काठमाडौं । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने बताएको छ ।

शुक्रवार मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो दाबी गरेका हुन् ।

उनले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताए । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीताका साथ लागेको बताए । ‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्यो भन्दा यताउति हुँदैन । बाँकी निर्वाचन गराउने दायित्व सरकार, सरोकारवाला निकायको सबै हो । निर्वाचन आयोगको निर्णय हामी पर्खिनेछौँ’ उनले भने ।

उनले निर्वाचन गराउने दायित्व सरकारको मात्रै नभइ सबै सरोकारवाला निकायको भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =