पोखरा विमानस्थल अनियमितता आरोपीलाई थुनामै राख्न अख्तियारको माग

काठमाडौँ । पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका आरोपीलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन दिइएको छ ।

विशेष अदालतले धरौटीमा छाडेका र साधारण तारेखमा रिहा गरेका व्यक्तिहरूलाई थुनामा राख्न आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा निवेदन दिएको हो ।

विशेष अदालत काठमाडौँले गत मंसिर र पुसमा गरेको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी अख्तियारले गरेको छ ।

विशेष अदालतले प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख र मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारेखमा रिहा गरेको थियो ।

अख्तियारले यी सबै आरोपितलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ) बमोजिम थुनामै राखेर मुद्दा अघि बढाउन माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =