निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ, दुई दिन भित्र उम्मेदवार टुङ्याउँछौँः विश्वप्रकाश शर्मा

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् ।

आधिकारिकता सम्बन्धी जानकारी दिनका लागी शुक्रवार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले नेपाली काँग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए ।

उनले गगन थापा नेतृत्वको काँग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवारी टुग्याउने जानकारी पनि दिए ।

संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिनुहुँदै उहाँले १६५ वटै क्षेत्रमा उम्मेदवारी टुंग्याउने गरी आफूहरूले काम गरिरहेको बताए । उनले आयोगले दिने निर्णयलाई ढिलाइ नगर्न पनि आग्रह गरे ।

उनले भने ‘माघ ६ आउनलाई ४ दिन बाँकी छ । हामीले यो जानकारी गराउन चाहन्छौँ । पार्टीको सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकले संसदीय बोर्ड पनि गठन गरिसकेर हामी १६५ क्षेत्रकै लागि उम्मेदवारी अबको दुई दिनभित्र टुङ्याउने गरी तम्तयार अवस्थामा हाम्रो टिमले काम गरिरहेको छ । घोषणा पत्रको टिमले काम गरिरहेको छ । निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ । यसमा हाम्रो सम्पूर्ण रूपले साथ रहन्छ । यसको कारणले कुनै असर पर्नु हुँदैन । निर्वाचन आयोगले यसमा निर्णय गर्ने कुरालाई ढिलो नगरिदिनुस् ।’

उनले आयोगले निर्णय दिएपछि देशभर निर्वाचनको माहौल बनाउन आफूहरूले सहयोग गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =