निर्वाचनमा आचारसंहिता पालना गराउन कुनै कसर बाँकी राखिँदैन: प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

शुक्रवार राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता सम्बन्धी छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रूपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह समेत गरे । उनले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेदवारहरूलाई आग्रह गरे ।

निर्वाचन आयोगले उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने विश्वास पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।

उनले भने ‘नाजायज तरिकाले निर्वाचन आयोगले कुन पनि आचार संहिता बनाउँदैन । कानुनको लक्ष्मण रेखाभित्र रहेर कानुनलाई परिपालन गराउने सन्दर्भमा आचारसंहिता परिपालन गराउने सन्दर्भमा कुनैपनि कसर बाँकी राख्दैन भन्ने कुरा यहाँहरूले विश्वास गर्नुभएकै छ । मैले धेरै व्याख्यात्मक रूपमा उहाँहरूलाई केही भनिन । राम्रोसँग अनुशासित तरिकाले कानुनलाई परिपालन गरिदिनुस् । र खर्च गर्न पाउने त्यो सीमा कति हो, त्यो सीमा भित्र पनि रहिदिनुहोस् । किनभने हामीले खर्च पनि निर्धारण गरिसकेका छौँ । खर्च गर्न पाउनेआधार पनि हामीले तोकिदिएका छौ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न गर्न सहयोग गरिदिनुस् ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =