चुनावका लागि १६५ क्षेत्रमा अधिकृतको कार्यालय सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार मनोनयन दर्ता, उजुरी सुनुवाइ लगायतका चुनावी कार्यक्रमसम्बन्धी प्रशासनिक काम तथा निर्वाचन प्रक्रियाका अन्य तयारीहरू यही कार्यालयमार्फत सञ्चालन गरिनेछ ।

सबै निर्वाचन क्षेत्रमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय खुलेसँगै निर्वाचनको औपचारिक प्रक्रिया सुरू भएको छ ।

आयोगले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र पारिएको जनाएको छ । निर्वाचनको लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने तालिका रहेको छ ।

  • तस्बिरहरू काठमाडौं क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय गोकर्णेश्वर-४ मा खिचिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =