मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुन्छ: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा सुरु हुने बताए । त्यसको व्यवस्थाबारे अहिले तयारी भइरहेको बताए । पार्टीका सभापति रवि लामिछाने र पार्टीका नेता बालेन्द्र साहले उक्त सभालाई सम्बोधन गर्ने जानकारी दिए ।

उनले भने ‘माघ ५ गते जनकपुरमा सभा आयोजना गर्ने घोषण गरेका छौँ । व्यवस्थापनबारे पनि तयारी भइरहेको छ । यस पटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनबाट भावी प्रधानमन्त्रीको रूपमा अघि बढाएर जाने प्रस्ताव राखेका बालेन्द्र साहज्यु सम्मिलित पहिलो पटक राजनीतिक सभा हुँदैछ ।’

रास्वपाले बालेन्द्र साहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रस्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =