नेपाल प्रहरीमा १६ डिएसपीको एसपीमा बढुवा सिफारिस
२०८२ पुस २८ गते

काठमाडौं । नेपाल प्रहरीका १६ जना डीएसपी (उपरीक्षक) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।
सोमबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदहरूमा यो बढुवा सिफारिस गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा पुष्पराज मल्ल, दोस्रो नम्बरमा धर्मराज भण्डारी र तेस्रो नम्बरमा रविन श्रेष्ठ परेका छन् ।
बढुवा सिफारिस समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा रहेको समितिले कार्यसम्पादन मूल्यांकन, वरिष्ठता र अन्य मापदण्डका आधारमा सिफारिस गरेको जनाइएको छ ।

२०८२ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित









