सानिमा बैंक नेशनल कार्ड स्वीच अन्तर्गतको नेपाल पे कार्डमा आवद्ध

काठमाडौँ । सानिमा बैंक र एनसीएचएल बीच NPS–NCS तथा National Card Scheme  (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौता पश्चात्, NPS-NCS  मा बैंकको स्विच इन्टिग्रेसन गरिसकेपछि आफ्नो ग्राहकहरूलाई नेपाल पे कार्ड जारी गर्न तथा NEPALPAY को कारोबार अक्वायर गर्न सक्नेछन् । हालसम्म NPS-NCS  मा अन्य ३३ वटा बैंक वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध भइसकेका छन्, जसमध्ये १२ वटा बैंक वित्तीय संस्थाहरूले लाइभ अपरेसन सुरु गरिसकेका छन् ।

एनसीएचएलले हालै NEPALPAY Card को व्यवसायीक रोलआउट सुरु गरिसकेको छ र अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको जानकारी दिएको छ ।

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विश्वव्यापी रूपमा एटिएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ ।

NPS-NCS लाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना भएको हो । उक्त प्रणालीले गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । NPS–NCS र NEPALPAY Card  को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुयौउने अपेक्षा गरिएको बताएको छ ।

हरेक बैंकले कार्ड सम्बन्धी विभिन्न प्रोडक्ट तथा सेवाहरू विस्तार गर्न आफ्नो कार्ड स्विच समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =