आइएमईद्वारा ‘टिक्मो मार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना सार्वजनिक

काठमाडौँ । आइएमईले ‘Tiqmo मार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना सार्वजनिक गरेको छ ।
यही पौष २१ देखि चैत्र १७ सम्म सञ्चालनमा रहने यस अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरू जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टिक्मो एप मार्फत साउदी अरबबाट आइएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरष्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले BYD Atto 1 EV प्राप्त गर्न सक्नेछन् भने मासिक दुई जना भाग्यशाली विजेताले Yadea Owin EV स्कुटर जित्न सक्नेछन् साथै साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले iPhone 17 जित्न सक्नेछन् ।
Tiqmo को यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली व्यक्ति लाभान्वित हुनेछन् भने विजेताहरू पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिनेछ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको पैसा सुरक्षित रूपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुपयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।
Tiqmo मुख्यतया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि लोकप्रिय छ ।









