जनमत पार्टीमा समानुपातिक सूचीबाट १८ जनाले लिए नाम फिर्ता

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीको समानुपातिक बन्दसूचीबाट १८ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लक्ष्मी खड्का नेतृत्वको समूहले यो कदम चालेको हो ।

यी उम्मेदवारहरू खस आर्य र जनजाति समूहमा रहेका थिए । नाम फिर्ता लिनेमा लक्ष्मी बराल, सुमित्रा खतिवडा, प्रतिक्षा पौडेल थापा, कृष्ण भट्टराई, लक्ष्मी खड्का, दिनेश पाण्डे, साधना कुमारी पराजुली, प्रमिला श्रेष्ठ तिवारी, खड्गबहादुर तामाङ, पूजा मर्दनिया, प्रकाश श्रेष्ठ, गेदबहादुर थापा मगर, चेतबहादुर कार्की, सुमनराज काफ्ले, सन्जिवकुमार खड्का र तेजप्रसाद आचार्य छन् ।

जनमत पार्टीका सचिवालय सदस्य राजेश मण्डलका अनुसार समानुपातिक बन्दसूचीमा आफ्नो नाम तल्लो स्थानमा परेपछि उनीहरूले नाम फिर्ता लिएका हुन् । ‘उनीहरूको असन्तुष्टि नामको क्रमसँग जोडिएको छ,’ मण्डलले भने, ‘उनीहरूको सट्टामा अरू योग्य उम्मेदवारहरूको नाम बन्दसूचीमा राखिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =