आसन्न निर्वाचन समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरु

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाईको काम शुरु गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रवार (आज) बाट सो मतपत्रको छपाईको काम शुरु गरिएको जानकारी दिएका हुन् । माघ नौ गतेसम्म सकिने गरी सो पत्रको छपाईको काम शुरु गरिएको हो ।

प्रवक्ता भट्टराईका अनुसार माग १० गतेपछिबाट प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु गरिनेछ । प्रत्यक्ष तर्फको उम्मेदवारहरूको मनोनयन माग ६ गते हुने र नौ गते उनीहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेकाले त्यसपछि मतपत्र छपाईको काम शुरु गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । प्रवक्ता भट्टराईले समानुपातिक तर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह समावेश रहेको पनि बताए ।

उनले भने, ‘समानुपातिक निर्वाचनतर्फको वास्तविक मतपत्र छपाईको काम आजबाट शुरु भएको छ । हामीले समानुपातिकतर्फको मतपत्र छपाई गर्ने काम माग ९ गतेसम्म सम्पन्न गर्नेछौँ । तपाईँहरूले निर्वाचन कार्यतालिका अध्ययन गरिसक्नुभएको छ । माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन छ । उहाँहरूको दावी विरोधको प्रक्रिया पूरा गरेर नौ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । नौ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेपछि १० गते सम्भवत मतपत्रको डिजाईन प्राप्त हुन्छ । र प्रत्यक्ष तर्फको मतपत्रको छपाईको काम प्रारम्भ हुन्छ । समानुपातिकतर्फको मतपत्रमा जम्मा ५८ वटा निर्वाचन चिन्ह रहेका छन् । समानुपातिक तर्फको बन्द सूचि पेश गर्ने जम्मा ६४ वटा दलका ५८ वटा चुनाव चिन्हहरू भएको कुरा हामीले यस अघि नै सम्प्रेषण गरिसकेका छौँ ।’

निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्द सूचि ६४ दलले बुझाएका छन् । त्यसैगरी निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गर्ने मिति पनि छिट्टै तय गर्दै छ । प्रवक्ता भट्टराईले सो आचारसंहिता लागू हुनेगरी मिति तय गर्न लागिएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =