राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प: कृष्ण सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताए । उनले अहिले परस्परमा पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको जिकिर गरे ।

अहिले सबै एकताबद्ध भई निर्वाचनमा जानुपर्ने समय भएको बताए । पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरू लागिपरेको बताए । विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताउँदै उनले विशेष महाधिवेशन आजको आवश्यकता भएको बताए ।

उनले भने ‘पार्टी केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो । यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरूको बीचमा प्रतिस्पर्धा गर्ने बेलै होइन । निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला हो यो । आजसम्म जुन परिस्थिति देखिएको छ, त्यो राम्रो मानिँदैन । तथापि हामी केन्द्रीय कार्यसमितिले गरेको निर्णयमा लागिपरेका छौँ । अब राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ । विशेष महाधिवेशन आजको आवश्यकता होइन । आजको आवश्यकता निर्वाचनमा पार्टीभित्र देखाउनुपर्ने पूर्ण समझदारी हो । निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला हो । यस्तो बेलामा पार्टीमा खैलाबैला भएको छ, त्यो उचित छैन । पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो ।’

नेता सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =