गैरीगाउँको आगलागी नियन्त्रणमा, क्षतिको विवरण सङ्कलन हुँदै

काठमाडौँ । काठमाडौँको सिनामङ्गल नजिकै गैरीगाउँस्थित काठको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दिउँसो ३ः१५ बजे लागेको आगो ४ः४५ बजे नियन्त्रणमा आएको हो ।

ईश्वरबहादुर कार्कीको कार्गोमा प्रयोग हुने काठको गोदाममा आगलागी भएको र सो आगलागीबाट गोदाम पूर्ण रुपमा नष्ट भएको पनि उनले बताए ।

आगलागीबाट जोडिएको लोयला सेकेन्डरी स्कुलको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिइएको तर क्षतिको विवरण भने आइनसकेको प्रवक्ता भट्टराईले बताए । विवरण सङ्कलनमै रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =