इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको कुलमानको गुनासो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गरेका छन् ।

मंगलवार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा सार्वजनिक गरेका हुन् ।

मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणमा मात्रै २/३ सय इन्जिनियर आवश्यक भएपनि त्यसका लागि दरबन्दी थप्न गरिएको प्रश्तावमा पनि अर्थ मन्त्रालयले सहमति नदिएको बताए । उनले मुलुकमा इन्जिनियरहरुको धेरै डिमाण्ड रहेको समेत स्पष्ट पारे । ‘सरकारी संस्थानहरुमा इन्जिनियरहरुको धेरै डिमान्ड छ । हामीले इलेक्ट्रिक इन्जिनियर पु¥याउन सकेका छैनौँ । कम्प्युटर इन्जिनियर, आइटी इन्जिनियरहरुको धेरै ठूलो डिमान्ड छ । र त्यसको दरबन्दी क्रियट गर्न खोज्दाखेरी अर्थ मन्त्रालयले दिँदैन । त्यो त यतातिर ठूलो डिमान्ड छ । रोजगारी क्रियट भइराखेको छैन । यसलाई त सरकारले गम्भिर रुपमा हेर्नुप¥यो नि त सरकारले । विद्युत प्राधिरकरणमा अहिले पनि २/३ सय इन्जिनियर खपत गर्ने ठाउँ छ त्यहाँ । करिव १३० वटा शाखा छ । दरबन्दी छ, इन्जिनियर छैन । आवश्यक छ त्यहाँ । दरबन्दी थपौँ भन्यो, अर्थ मन्त्रालयले रोक्छ’ उनले भने ।

मन्त्री घिसिङले सरकारले इन्जिनियरहरुको आवश्यकता पूरा गर्ने कामलाई गम्भिरतापूर्वक लिनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =