‘विमलेन्द्र निधीमाथिको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना हो’

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यलयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुव्र्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना भएको बताएको छ ।

विशेष महाधिवेशन पक्षधरहरुले मंगलवार पत्रकार सम्मेलन गरी उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने बताएको हो ।

विशेष महाधिवेशन पक्षधरहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधिलाई बाटो छेकेरे दुव्र्यवहार गरेका थिए ।

तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ ।

पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको बताए । आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे । ‘आज पार्टी अफिसमा जो घटना घटेको छ, त्यो स्वतःस्फुर्त हो । हामी त्यसलाई कार्यकर्ताको अन्तरआत्माको पुकार सम्झिन्छौँ । तर त्यसमा विशेष महाधिवेशनको तर्फबाट नेतालाई, नेतृत्वलाई, पार्टीलाई त्यस्तो गतिविधि गर्न हामीले कुनै आयोजना गरेका छैनौँ । त्यसको गतिविधिको हामी समर्थन पनि गर्न सक्दैनौँ । तर कार्यकर्ता पार्टीको सिंगो जीवन लोकतन्त्रको जीवन र आधुनिक जीवनको नेपाली समाज बनाउने त्यो कर्तव्यबाट भने कुनै पनि नेपाली कांग्रेसको कार्यकर्ता बाहिर हुँदैन । त्यसोभएको हुनाले त्यो अन्तरआत्माको पुकार उसको स्वभाविक हो । हामी त्यस्ता ती कयौँ साथीहरुका पुकार सुन्छौ । त्यसलाई धैर्यतापुर्वक लिन नेतृत्वलाई पनि हामी अनुरोध गर्छौ’ उनले भने ।

उनले विशेष महाधिवेशनको लागि आफूहरुले तिब्र तयारी थालेको पनि जानकारी दिए । विशेष महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको उनले बताए ।

उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 1 =