काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो आजै लगाउने
२०८२ पुस २२ गते

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ ।
राष्ट्रिय सभामा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेण्डासहित बसेको बैठक केहीबेरका लागि स्थगित गरिएको हो ।
आज रातिअबेरसम्म बसेर भएपनि सो निर्वाचनको उम्मेदवारहरुको टुंगो लगाउने गरी केहीबेरका लागि बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ । राति अवेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ’ उनले भने ।
नेपाली काँग्रेस एमालेलगायतका दलहरुसँग तालमेल गरेर सो निर्वाचनमा जाने रणनीति तय गरेको छ ।
२०८२ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित









