राष्ट्रिय सभा निर्वाचन: एमालेको दाबी ७ सिटमा, देउवासँग छलफलपछि टुंगो लाग्ने

काठमाडौं । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ वटा सिटमा आफ्नो दाबी गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशबाट एक/एक जनाको हिसाबले ७ सिटमा एमालेको दाबी रहेको जानकारी दिए ।

यद्यपि क्लस्टरअनुसार उम्मेदवार टुंगो लगाउने काम बाँकी रहेको उनले बताए । कांग्रेस सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर उम्मेदवारको नाम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको उनको भनाइ छ ।

उनका अनुसार कांग्रेस सभापति देउवासँग छलफल गरेर बाँकी नाम टुंगो लगाइनेछ । राष्ट्रिय सभामा १९ सिट रिक्त हुँदैछन् ।

एमाले र कांग्रेसबीच गठबन्धन गरेर अघि बढ्ने समझदारी बनेसँगै सिट बाँडफाँडको प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =