शीतलहरबाट प्रभावित रौतहटका विपन्न दलितलाई कम्बल वितरण

रौतहट । जिल्लास्थित विपत् व्यवस्थापन समितिले शीतलहरबाट प्रभावित विपन्न दलित तथा असहाय घरपरिवारलाई न्यानो कपडा ‘कम्बल’ वितरण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५ औँ स्थापना दिवसका अवसरमा आज बौधिमाई नगरपालिका–७ स्थित रामवस्तीका ६९ घरपरिवार र इसनाथ नगरपालिका–४ का ७० घरपरिवारलाई न्यानो कपडा बाँडेको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शीतलहरूका कारण विशेष गरी दलित तथा विपन्न परिवार प्रभावित भएकाले पहिलो चरणमा आज १३९ थान कम्बल वितरण गरेको जानकारी दिए ।

जिल्लास्थित सुरक्षा संयन्त्रमार्फत प्रभावित समुदायलाई कम्बल बाँड्न लागको बताउँदै आवश्यक देखिए थप न्यानो कपडाको प्रबन्ध गर्न समिति तयार रहेको स्पष्ट गरे ।

विपत् व्यवस्थापन समितिले मानवीय सेवाअन्तर्गत बढ्दो चिसोबाट प्रभावित जिल्लाका दलित समुदायलाई राहत वितरणमा सहयोग गर्ने उद्देश्यका साथ प्रदान गरेको ५०० थान कम्बलमध्ये सशस्त्र प्रहरी बल र नेपाली सेनालाई २०० का दरले ४०० थान र नेपाल प्रहरीलाई ६० थान तथा बाँकी ४० जान जगेडामा राखेको जनाएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रमुख उपस्थितिमा सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवं गणपति रामहरि अधिकारीले दलित एवं विपन्न परिवारलाई कम्बल बाँडेको बिओपी सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक पर्शुराम लामिछानेले जानकारी दिए ।

यसैगरी, बिओपी रामपुरखापकीका सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालका अनुसार दलित तथा विपन्न घरपरिवारलाई लक्षित गरी वितरण गर्न लागिएको ५०० कम्बलमध्ये सशस्त्र प्रहरीलाई प्राप्त २०० थानमध्ये १३९ वटा बाँडेको र बाँकी सोमबार र मङ्गलबारसम्म प्रभावित घरपरिवारसमक्ष पु¥याइनेछ ।

रौतहटसहित मध्यतराई क्षेत्रमा १५ दिनदेखि राम्रोसँग घाम नलाग्दा बढेको चिसोबाट विशेष गरी गरिब, विपन्न तथा असहाय घरपरिवार प्रभावित भएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

सशस्त्र प्रहरी बलका गणपति अधिकारीका अनुसार राज्यकोतर्फबाट कम्बल वितरण सुरु भएपछि दलित तथा विपन्न घरपरिवारका पनि विशेष गरी रोगबाट प्रभावित, वृद्धवृद्धा, बच्चाबच्ची र सुत्केरी खुसी देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =