विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य गरिँदै

काठमाडौं । विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग पनि सहकार्य गर्ने योजना अध्यागमन विभागले बनाएको छ ।

अध्यागमन विभागले १ जनावरी सन् २०२६ बाट लागू गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लाई प्रभावकारी बनाउन टेलिकम प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको लगानीमा सञ्चालित एनसेलसँग पनि सहकार्य गर्ने तयारी गरेको हो ।

नेपालभित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढंगले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गरिएको र अधिकतम विवरण संकलनका लागि टेलिकमप्रदायक कम्पनीहरुसँग पनि सहकार्य गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

उनकाअनुसार नेपाल टेलिकम र एनसेलसँग सिस्टमलाई जोड्न छलफल चलिरहेको छ । आगामी हप्ता भित्रै नतिजा देखिनेछ ।

उहाँकाअनुसार टेलिकमहरुबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण अध्यागमनको प्रणालीमा आउनेछ । त्यसबाट सम्पूर्ण विवरणहरु थाहा पाउन सहज हुनेछ । वायुसेवा सञ्चालकहरुसँग पनि यो सिस्टम जोड्न छलफल भइरहेको छ । आगामी हप्ताभित्रै जोडेर प्रणाली विस्तार गरिँदैछ ।

अध्यागमन विभागले आगामी मार्चबाट सबै क्षेत्रमा शुरु गर्दैछ । त्यसभन्दा अघिबाट पनि यो सिस्टम सबैतिर लागू हुन पनि सक्छ । यो प्रणालीमा आउन चाहनेहरुलाई विभिन्न एजेन्सीहरुसँग छलफल भइरहेको छ ।

उहाँकाअनुसार पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गरिएको हो । यसका लागि निजी क्षेत्रसँग सम्बन्ध भएको छ र उनीहरु यो प्रणालीलाई लागू गर्न तयार छन् ।

अहिले सम्म करिब साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौका तारे होटेलहरु हामीसँग जोडिएका छन् । जोडिने क्रम दिनानु दिन बढिरहेको छ ।

सिस्टमले कसरी निगरानी गर्छ ?

महानिर्देशक तिवारीकाअनुसार नेपाल आउने हरेक विदेशीको विवरण ट्रभल एजेन्सी, होटल, मनि एक्सचेञ्जदेखि पर्यटन विभागबाट समेत लिइँदैछ । उनीहरुलाई यो प्रणालीमा ल्याएर पर्यटकको विवरण राख्न भनिनेछ ।

सिस्टम कति सुरक्षित ?

अध्यागमन विभागका महानिर्देशक तिवारीकाअनुसार जनावरी १ बाट लागू गरिएको यो प्रणालीलाई प्रभावकारी रुपमा लागू गराइछाडिनेछ र सिस्टममा राखिएका हरेक विवरण सुरक्षित राखिनेछ ।

अध्यागमनले बनाएको सिस्टमलाई सुरक्षित भरपर्दो बनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अध्यागमन विभागले अडिट गराइएको थियो ।

प्रणाली बारम्बार अपग्रेड गरिरहनुपर्नेछ । त्यसले पनि सिस्टम थप प्रभावकारी, सुरक्षित भरपर्दो बन्नेछ ।

सिस्टम तलसम्म पुर्‍याउने योजना के ?

जनावरी १ बाट लागू भएको अध्यागमनको यो सिस्टम तल्लो तहसम्म पु¥याउन सहज भने छैन । सिस्टम जानेको जनशक्ति हरेक क्षेत्रमा छैनन् त्यसले पनि चुनौती रहेको महानिर्देशक तिवारी बताउँछन् ।

कतिपयले यो सिस्टमका बारेमा विदेशी नागरिकसम्म अनावश्यक अफवाह फैलाएकाले सिस्टम प्रभावकारी लागू गर्न केही चुनौति देख परेको उनको भनाइ छ ।

महानिर्देशक तिवारीका अनुसार नेपालले जनावरी १ बाट लागू गरेको यो प्रणाली हरेक देशमा लागू भइसकेको छ । कुनै पनि देशले अध्यागमनमा यो प्रणाली लागू गरेर विवरण राख्दा पर्यटकको सुरक्षासँग पनि जोडिन्छ ।

कुनै पर्यटक अप्ठ्यारोमा परे नेपाल सरकारलाई उद्धार गर्न समेत यो प्रणालीले महत्वपूर्ण सहयोग गर्नेछ । तल्लो तहसम्म यो सिस्टम लैजान प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति छ ।

सोही समितिले जिल्ला स्थिति संघसंस्थाहरुसँग छलफल समन्वय गरेर प्रभावकारी रुपमा प्रणालीलाई लागू गराउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =