सामाजिक सद्भाव कायम राख्न प्रशासनको आह्वान
२०८२ पुस २० गते

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ ।
आज वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल गरेका हुन् ।
उनले सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि खालको गतिविधि नगर्न आह्वान गरेका छन् ।
‘एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरूको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ’, उनले भने, ‘यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।’
२०८२ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित









