पूर्वी नेपालमा एकैदिन दुई पटक भूकम्प

काठमाडौं । उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रविन्दु भएर पुस १९ गते राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार बिहान पनि ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्रमा अवस्थित मुुलुक भएकाले यहाँ सधैँ भूकम्पको जोखिम रहने भूकम्पविद्हरुले बताउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =