अंग्रेजी नयाँ वर्षमा जनकपुरधाममा बढे पर्यटक

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसरमा जनकपुरधाममा पर्यटकहरूको भीड बढेको छ ।

अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकहरूको घुइँचो लागेको हो । जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरू आएका छन् ।

बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिरलगायतका मठ मन्दिरहरूमा पर्यटकहरूको भीड छ । भारतीय गाडीहरूको चाप बढेको छ । महोत्तरीको जलेश्वर भिठामोड र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रूपमा जनकपुरधाम आएका छन् ।

पछिल्लो वर्ष नेपालले राजनीतिक रूपमा ठुलै सङ्कटको सामना गर्नुपरेको र आउने दिन नेपालकालागि सुखमय होस् भन्ने कामना दर्शनार्थीहरुले गरेका छन् ।
नयाँ वर्षमा अहिले अत्यधिक रूपमा पर्यटकहरू आएका कारणले व्यापार र व्यवसायसमेत राम्रै चलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =