सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ किनबेच ?
२०८२ पुस १७ गते

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधबार तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
२०८२ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित









