आमनिर्वाचन सफल पार्नुपर्छ: स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थान बिन्दु भएको बताए ।

‘देशमा जति धेरै अन्योल हुन्छ त्यति नै अर्थव्यवस्था र शासन प्रणाली कमजोर हुन्छ’ उनले भने ‘जनताको परिवर्तनको चाहनालाई पूरा गर्न र राजनीतिक निकास दिन चुनावलाई सफल बनाउनै पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =