मोरङ–३ बाट प्रतिनिधि सभा उम्मेदवारमा सुनिल शर्मा एकल सिफारिस
२०८२ मंसिर २१ गते

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–३ बाट नेपाली काँग्रेसले डा.सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय समितिको बैठकले शर्मालाई नै प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
काँग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीनजनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो । तर मोरङ–३ मा भने अन्य कुनै नेताले उम्मेदवारी दाबी नगरेको क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले जानकारी दिए । डा.शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतका साथ निर्वाचित भएका थिए ।
यससँगै डा.शर्मा हालसम्म एकल सिफारिस पाउने पहिलो उम्मेदवार बनेका छन् । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकिएको छ ।
२०८२ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








