प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पदभार ग्रहण गरेका छन् ।

आईतवार नियुक्ति पत्र बुझेलगत्तै सञ्चार ग्रामस्थित कार्यालयमा पुगरे अध्यक्ष आचार्यले पदभार ग्रहण गरेका थिए । सरकारले गत सोमवार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सरोकारवालासँगको सहकार्यमा आमसञ्चार माध्यमहरुलाई व्यव्यस्थित बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफू चाहेर नभई समयको माग अनुसार काउन्सिको अध्यक्ष बनेको उल्लेख गर्दै उनले काउन्सिलमा रहेका संस्थागत समस्याहर समाधान गर्नु पहिलो प्राथमिकता हुने बताए ।

वरिष्ठ अधिवक्ता समेत रहेका आचार्यले त्रिभूवन विश्वविद्यालयबाट एमए, पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम र विद्यावारिधि गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =