नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा विशेष छुट सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडका कर्मचारीहरू र बैंकका खातावालाहरू अब स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् ।

ललितपुरको ज्वागलस्थित क्यूरा हेल्थ प्रा. लि.सँगको सम्झौताअनुसार, बैंकका कर्मचारी र खातावालाहरूले क्यूरा हेल्थको प्याथोलोजी ल्याब र विभिन्न हेल्थ प्याकेजमा १२ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौताअनुसार, बैंकका कर्मचारीहरूलाई निःशुल्क होम डेलिभरी सुविधा पनि प्रदान गरिनेछ । यसरी प्रदान गरिने सुविधा मार्फत ग्राहक र कर्मचारी दुवैले घरमै स्वास्थ्य सेवा लिन सक्नेछन् ।

सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रा. लि.को तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका हुन् ।

बैंकका अधिकारीहरूले यस सम्झौताले कर्मचारी तथा खातावालाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँच योग्य बनाउने र स्वास्थ्य सेवामा सहजता थप्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =