एनपिएलमा पहिलो ह्याट्रिक लिने बलर बने शाहब

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका शाहब आलम ह्याट्रिक लिने पहिलो खेलाडी बनेका छन् ।

आज पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ विकेट लिए । उनी एनपिएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने ।

शाहबले चार ओभर बलिङ गर्ने क्रममा २५ रन खर्चिदै छ विकेट लिए । उनले चार दशमलव तीन ओभरमा जेसन रोयलाई आउट गर्र्दै पहिले विकेट लिएका थिए भने दोस्रो विकेट १७ दशमलव चार ओभरमा किरण ठगुन्नालाई आउट गरेर लिए ।

शाहबले पारिको अन्तिम ओभर गर्ने क्रममा ह्याट्रिक लिएका हुन् । अन्तिम ओभरमा चितवनलाई जितका लागि २० रन आवश्यक थियो । उनले पहिलो बलमा ऋषि धवनलाई मिलिन्द कुमारमार्फत क्याच आउट गराए ।

शाहबले दोस्रो बलमा विपिन खत्रीलाई स्टमपिङ आउट गराए भने तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारमार्फत क्याच आउट गराए । शाहबले ओभरका अन्तिम बलमा सागर ढकालको विकेट लिए ।

यसअघि एकै खलेमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा चितवन राइनोजका रञ्जित कुमार थिए । उनले विराटनगर किंग्ससँगको खेलमा चार ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट हात पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =