दयाराम परियार पुरस्कार घोषणा

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार संरक्षण तथा संवद्र्धनको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दुई जना अधिकारकर्मीलाई यस वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

आयोगका दिवङ्गत कर्मचारी स्व दयाराम परियारको नाममा स्थापना गरिएको स्व दयाराम परियार स्मृति सम्मान–२०८२ यस वर्ष इलामका शङ्कर लिम्बूलाई प्रदान गरिने भएको छ ।

लिम्बूले विशेषतः आदिवासी जनजातिको अधिकारका क्षेत्रमा लामो समयदेखि निरन्तर रूपमा सक्रिय भएर काम गर्दै आएका छन् ।

त्यसैगरी, दुर्गम क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका सवालहरू उठाउँदै आएकी अछामकी पत्रकार मेनुका ढुङ्गानालाई ५० हजार राशिको मानव अधिकार पुरस्कार–२०८२ प्रदान गरिने छ । मेनुकाले विशेषतः महिला अधिकार तथा न्यायबाट वञ्चित समुदायका मुद्दाहरू निरन्तर र जुझारु ढङ्गले सार्वजनिक गर्दै आएकी छन् ।

आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठन भएको सिफारिस समितिको प्रतिवेदनका आधारमा २०८२ मङ्सिर १६ गते बसेको आयोग बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार यही मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा आयोजित कार्यक्रममा प्रदान गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =