नेपाल एसबिआई बैंकद्धारा विराट बहिरा मा.विलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखाल स्थित विराट बहिरा मा.वि., परिसरमा डिप बोरिङ जडान गर्ने उद्देश्यले रु. २.५० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

यस पहलले विद्यालयका विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरूलाई सहज खानेपानीको व्यवस्थापन हुने लक्ष्य राखेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, मिना जोशी र प्रधानाध्यापक, मिनु अधिकारी दाहाललाई संयुक्त रुपमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, कोसी प्रदेश प्रमुख, श्रीधर अधिकारी र बैंक तथा विद्यालयका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =