आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न, ५३५ विद्यार्थी दिक्षित

काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयसँग सम्बन्धन प्राप्त आइएसएमटी कलेजले दिक्षान्त समारोह सम्पन्न गरेको छ ।

मंसिर १२ गते काठमाडौंको होटल सोाल्टीमा भएको समारोहमा नेपालका लागि बेलायती उप–राजदूत डा.ल्यूक ब्योमोन्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावली सहित सन्डरल्याण्ड विश्वविद्यालयका उच्च अधिकारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

समारोहमार्फत BBA व्यवसाय तथा व्यवस्थापन, BHM, BSc. IT कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ तहका ५३५ जना विद्यार्थी दिक्षित भएका छन् ।

कार्यक्रममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीलाई सन्डरल्याण्ड विश्वविद्यालयले विशेष अवार्ड प्रदान गरेको कलेजले जनाएको छ ।

यस्तै, उत्कृष्ट विद्यार्थीहरूले आइएसएमटी कलेजका क्याम्पसहरूमा स्नातकोत्तर तह पढ्दा १०० प्रतिशत छात्रवृत्ति पाउने व्यवस्था गरेको कलेजले जनाएको छ ।

देशका प्रमुख शहरहरू काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवल—मा आइएसएमटी ग्रुपले सन्डरल्याण्ड विश्वविद्यालयसँगको सम्बन्धनमा BBA, BHM, BSc. IT, साइबर सिक्योरिटी तथा डिजिटल फरेन्स ics र MBA कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =