नेपाली काँग्रेसको बैठक आज, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
२०८२ मंसिर १५ गते

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
पटक पटक सर्दै आएको बैठक आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
आजको बैठकमा कार्यवाहक सभापति खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ ।
पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औँ महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरूले बताएका छन् ।
गत असोज २८ गतेदेखि सुरु भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णीत बन्दा लम्बिएको हो ।
२०८२ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








