खराब ब्याटिङ र फिल्डिङका कारण हार्‍यौं : गुलसन (भिडिओ)

काठमाडौं । काठमान्डु गोर्खाजसँगको हारपछि कर्णाली याक्सका युवा अलराउन्डर गुलसन झाले ब्याटिङमा राम्रो गर्नु नसक्नु र खराब फिल्डिङका कारण खेल गुमाउनुपरेको बताएका छन् ।

गुलसनले राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसरहरू सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताएका हुन् ।

उनले खराब ब्याटिङ हुँदा करिब २० रन जति कम भएको पनि उल्लेख गरेका छन् । ब्याटमा बल आउने खालको पिच भएपनि त्यो अनुरूप ब्याटिङ गर्न नसकिएको उनको तर्क छ ।

आफूले पनि धेरै जिम्मेवारी वहन गर्न नसकेको उनले उल्लेख गरे । गुलसनले प्लेअफ पुग्ने लक्ष्य लिएर दबाब नलिएको र हरेक खेल जित्नेगरी खेलेको बताएका छन् ।

अबको बाँकी दुई खेल जित्ने प्रयास गर्ने उनको लक्ष्य छ । आफूले रन बनाउनुको पछाडि तयारी नभएको उनी बताउँछन् । रियाक्टिभ सट लाग्दा रन बनेको गुलसनको धारणा छ । विराटनगर किङ्ससँग हारको कल्पना नै नगरिएके खेल गुमाउनुपरेको उनी बताउँछन् ।

टी ट्वान्टी क्रिकेटमा त्यस्तो नतिजाहरू सामना गर्नुपर्ने उनको भनाइ छ । पहिलो ओभरमा दुई विकेट गएपछि खेलमा पछि परेको उनको विश्लेषण छ । तर, त्यहाँबाट पुनरागमन गर्ने प्रयास गरेको गुलसन बताउँछन् । उनले ब्याटिङ र बलिङ खराब भए पनि फिल्डिङ उत्कृष्ट लेभेल हुनुपर्ने औंल्याएका छन् ।

तर, आफूहरूले फिल्डिङमा निकै खराब गरेको उनी बताउँछन् । गुलसनले ब्याटिङ गर्न आजको पिच धेरै राम्रो रहे पनि सुरुमा विकेट गएर असहज भएको उल्लेख गरेका छन् । अबको खेलमा बलिङ, ब्याटिङ र फिल्डिङमा सुधार आवश्यक रहेको उनी बताउँछन् ।

काठमान्डु गोर्खाजका जेरार्ड इरासमसले आजको पिच ब्याटिङ गर्न राम्रो रहेको उल्लेख गरे । आज राम्रो इनिङ खेल्न पाउँदा धेरै खुसी लागेको उनले बताए । एनपिएलको यस सिजनमा आफ्नो अन्तिम खेल रहेको र यसै खेलमा म्यान अफ दी म्याच हुँदा खुसी रहेको उनले बताएका छन् ।

उनले एनपिएललाई आफूले याद गर्ने उल्लेख गरेका छन् । जोन सिम्पसनले पनि धेरै राम्रो क्रिकेट खेलेको उनी बताउँछन् । त्यसैले पनि आपूmलाई खेल्न सहज भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =