पूर्व सांसद गंगा थारुमाथि गाउँमै कुटपिट

काठमाडौँ । पूर्व सांसद गंगा थारुमाथि आफ्नै गाउँमा कुटपिट भएको छ ।

बाटोसम्बन्धी विवाद मिलाउने क्रममा उनीमाथि गाउँकै महिलाहरुले लछारपछार गर्दै कुटपिट गरेका हुन् ।

घटना राप्ती गाउँपालिका–७ मा भएको हो । स्थानीय स्रोतका अनुसार छलफलका बीच गंगा थारु र एक महिलाबीच विवाद बढेपछि अन्य महिलाहरू समेत झगडामा उत्रिएका थिए । सोही क्रममा पूर्व सांसदमाथि सामूहिक कुटपिट भएको बताइएको छ ।

पूर्व सांसद थारुले आफूलाई कुटपिट तथा हातपात गर्नेहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने चेतावनी दिएकी छन् । पार्टी परिवर्तनका कारण चर्चामा रहने थारु हाल राजावादी आन्दोलनमा सक्रिय छन् ।

यसैबीच, सिसनिया अस्थायी प्रहरी चौकीका वरिष्ठ असई रकमबहादुर खड्काले घटनाबारे दुवै पक्षले प्रहरीमा ठाडो निवेदन दिएको पुष्टि गरेका छन् ।

उनका अनुसार जग्गाको सिमाना विवादका कारण गंगा थारु र छिमेकीबीच वादविवाद हुँदै हातहालाहालसम्म पुगेको प्रारम्भिक तथ्य आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =