सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको दुहबी नगरपालिकालाई १८ लाख बराबरका कार्यालय सामग्री सहयोग गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक कार्यक्रम आयोजना गरी ११ प्रकारका सामग्री नगरप्रमुख वेदनारायण गच्छदारलाई हस्तान्तरण गरे ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड भएको थियो । कार्यालय सञ्चालनका लागि सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

कोशी प्रदेशका ३० पालिकामा छ करोड १८ लाख बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत दुहबीबाट आज सुरुवात गरिएको हो । आन्दोलनका क्रममा प्रदेशका ४०१ वडा कार्यालयमा क्षति पुगेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई आएको सहयोग रकमलाई जनताको महत्त्वपूर्ण सेवा प्रवाह गर्ने कार्यालयहरूलाई वितरण गरिएको बताए ।

सरकारले कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्वीच, औषधि तथा प्लास्टिक कुर्सीसहितका सामग्री प्रदान गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =