कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच बैंकका ग्राहकहरूलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिँदै आएको सेवाहरूमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =