अन्तिम ५ ओभरमा मुमेन्टम बिग्रियो : रोहित पौडेल

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अन्तिम पाँच ओभरमा रन बटुल्न नसक्नु खराब पक्ष रहेको बताएका छन् ।

लगातार तेस्रो हारपछि कप्तान रोहितले अन्तिम ३० बलमा २८ रन मात्र जोड्न सक्नुले पनि खेलको मुमेन्टम बिग्रिएको बताए । उनले आजको खेलमा जसरी सुरूआत भएको थियो त्यसअनुसारा १७०÷१८० सम्म बनाउनुपर्ने उल्लेख गरे ।

विदेश र घरेलु खेलाडीले जसरी खेल्नुपर्ने हो त्यो हुन नसक्दा पनि खेलमा नराम्रो नतिजा आएको उनी बताउँछन् ।

यो लिगमा जित निकाल्न १/२ जना घरेलु खेलाडी पनि चल्नुपर्ने उनको भनाइ छ । आजको खेलमा सन्दीप जोरालाई अन्तिम ओभरमा खेलाउने रणनीति पनि सफल नभएको उनी बताउँछन् ।

त्यसको क्रेडिट सुदूरपश्चिमको बलरलाई पनि जाने उनले उल्लेख गरे । खेलमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको उनले औंल्याए ।

तीन खेल हारे पनि अझै प्रतियोगितामा फर्कने अवसर रहेको रोहितको विश्वास छ । लिगमा शुरु गरेको जस्तो राम्रो प्रदर्शन जारी राख्न असफल भएको रोहितले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =