पूर्वजापानी प्रधानमन्त्रीहरूले गरे ताकाइचीको गलत टिप्पणीको आलोचना

एजेन्सी । पूर्वजापानी प्रधानमन्त्री शिगेरु इशिबा, योशिहिको नोदा र युकियो हातोयामाले हालै ताइवानमा गलत टिप्पणी गरेर जापान–चीन सम्बन्धलाई तनावपूर्ण बनाएकोमा वर्तमान प्रधानमन्त्री साने ताकाइचीको आलोचना गरेका छन् ।

वर्तमान प्रधानमन्त्री साने ताकाइचीको आलोचना गर्दै उनलाई शब्द र काममा शतर्क रहन र संवादमार्फत द्विपक्षीय सम्बन्ध सुधार गर्न आह्वान गरेका छन् ।

इशिबाले आईतवार एक टेलिभिजन कार्यक्रममा १९७२ मा तत्कालीन प्रधानमन्त्री काकुएई तनाकाको चीन भ्रमणले जापान र चीन बीचको कूटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न सहज बनाएको बताए ।

पछि क्रमिक जापानी सरकारहरूले सधैं जापान–चीन सम्बन्धलाई धेरै सावधानीपूर्वक व्यवस्थापन गरेका र सबैले सावधानीपूर्वक चीजहरू ह्यान्डल गरेका उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nine =